क्वारेन्टाइनमा महिलालाई बलात्कार गरेको आरोपमा ३ पक्राउ

कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार भएको आरोपमा तीन जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

पीडित महिलाले क्वारेन्टाइनमा स्वम्‌यमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताएकी छन्। शनिबार रातीको घटना भए पनि आरोपीलाई पक्रन ढिला गरेको भन्दै स्थानीयले आइतबार दिउसो प्रर्दशनसहित लम्कीचुहा नगरपालिका वडा नम्बर १ को कार्यालयमा तोडफोड गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय