वस्तीमै कोरोना संक्रमण देखिँदा पनि प्रशासन मौन

धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका गरी आइतबार मात्रै तीन जनामा कोरोजा संक्रमण पुष्टि भयो।

ती मध्य दुई जना सवारी चालक थिए भने एक जना किड्नीका विरामी थिए। धनगढी–३ का संक्रमित मिर्गौलाको समस्याबाट ग्रसित विरामी थिए।

धनगढी–१ का संक्रमि निजी सवारी चालक थिए। गोदावरी नगरपालिका–१ का संक्रमित सार्वजनिक सवारीका चालक थिए।

तीनै जना लामो समय खी गाउँ वस्तीमा बस्दै आएका व्यक्ति हुन्। उनीहरूमा कोरोना संक्रमण देखापर्नु अघि आफ्नो समुदाय आसपास गइरहने हुँदा वस्तीमा रहेका नागरिकमा पनि कोरोना संक्रमणको सम्भावना निक्कै उच्च हुन्छ।

तर वस्ती बासिन्दालाई सुरक्षित पार्न भने जिल्ला प्रशासन कार्यालयले मौनता देखाएको छ। वस्तीमा प्रवेश गर्दै कोरोनाको भयाबह स्थिती आउने खतरा रहेको अवस्थामा संक्रमित बस्दै आएको वस्तीलाई सील गरी आसपासका नागरिक र संक्रमितको सम्पर्कमा आएका देशका जुनसुकै स्थानका नागरिकको स्वास्थ्य परिक्षण गरिनु पर्दछ,’ धनगढी–३ का वडा अध्यक्ष बलबहादुर ऐरले भने, ‘तर हामीले पटक–पटक आग्रह गर्दापनि प्रमुख जिल्ला अधिकारी मौन बसेका छन्, यस्तो अवस्थामा मौन बस्दा स्थिती भयाबह हुन सक्ने देखिएको छ।’

आफूले संक्रमित व्यक्तिलाई तत्कालै अस्पताल लैजाने व्यवस्था गर्न आइतबार बिहानै देखि पहल गरेको बताउँदै वडा अध्यक्ष ऐरले कुनै पनि निकायबाट आफ्नो माग सुनुवाई नभएको बताए।

‘सेती अस्पतालमा नियमित मिर्गौलाको डायलासिष गर्दै आएका वडा नम्बर–३ का संक्रमितलाई अस्पतालबाटै कोरोना संक्रमण भएको देखिन्छ,’ वडा अध्यक्ष ऐरले भने, ‘बिरामीको स्वास्थ्य अवस्था कम्जोर भएका कारण छिटो अस्पताल लग्न खाजेका थियौं, तर अस्पतालले आनाकानी गरिरहेको छ।’

‘संक्रमित बस्ने टोललाई सील गरेर आसपासका सबैको कोरोना परिक्षण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष ऐरले भने, ‘तर हाम्रै आवाज कसैले सुन्दैन, अनि सर्वसाधारणको हालत के होला?’

धनगढी–१ का वडा अध्यक्ष सन्तोष मुड्भरीले पनि प्रशासनको लापर्बाहीका कारण वस्तीमा कोरोना फैलने खतरा बढेको बताए। ‘वस्ती सील गरेर संक्रमित बस्ने स्थानको आसपासका नागरिको स्वास्थ्य परीक्षण गर्न खोजेका थियौं,’ अध्यक्ष मुड्भरीले भने, ‘तर कुनैपनि निकायले हाम्रो आवाज सुनेन, नत हामीसँग कोरोना परीक्षण गर्ने किटनै उपलब्ध छ।’ उनले संक्रमितलाई समेत अस्पताल नलगेर टोलमै छोड्दा आम नागरिकमा भने त्रास छाएको बताए।

यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न खोज्दा मिटिङमा भएको भन्ने जानकारी आएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रतिक विष्टले भने आफूहरूलाई वस्ती सील गर्ने बारेमा कुनै जानकारी नआएको बताए। ‘जिल्लाका कुनै पनि टोललाई सील गर्ने अनुमति प्रहरी समक्ष आएको छैन,’ उनले भने, ‘प्रशासनबाट अनुमति नआएर प्रहरीले वस्ती सील गर्नेकाम गर्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय