प्रदेश दुईमा थपिए ११० जनामा संक्रमित

प्रदेश २ मा एकैदिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्ला गरी पछिल्लो २४ घण्टामा ११० जनामा संक्रमण पुष्टि भएको हो।

११० जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटमा ७४, पर्सामा १७, बारामा १२, सर्लाहीमा ६ र धनुषामा एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाएअनुसार रौतहटको वृन्दावन नगरपालिका, ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र माधव नारायण नगरपालिकास्थित क्वारेन्टिनमा रहेका ७४ जनामा संक्रमण पुष्टि भएको हो। रौतहटमा कोरोना संक्रमितको संख्या ७४४ पुगेको छ।

यसैगरी पर्साको १७ जनामा संक्रमण पुष्टि भएको छ। पर्साको वीरगंज महानगरपालिका, विन्दासिनी नगरपालिका, जिराभवानी नगरपालिका, धोबिनी गाउँपालिका, पोखरिया नगरपालिका, पर्सागुठी गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पर्सामा कोरोना संक्रमितको संख्या १४१ पुगेको छ।

सर्लाहीको बरहथवा र हरिपुर नगरपालिकास्थित क्वारेन्टाइनका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सर्लाहीमा कोरोना संक्रमितको संख्या १९४ पुगेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकास्थित गोपाल धर्मशाला क्वारेन्टाइनका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। धनुषामा कोरोना संक्रमितको संख्या १६० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय