निजी प्रयोगशालामा कोरोना परीक्षण गरेकाे प‍ैसा सरकारले तिरिदिने

सरकारले निजी प्रयोगशालालाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत लिएका प्रयोगशालाले आवश्यक प्रक्रिया पूरा गरी परीक्षण गर्न पाउने प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनका अनुसार यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले बेहाेर्ने छ । त्यसैगरी, अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको डा. गौतमले बताए । जसका लागि पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय