सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप नौं जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

२४ घण्टामा थपिएका संक्रमितहरूमा डोटीका चार, अछामका तीन र कैलालीका दुई जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए। ती मध्य ७ जना पुरुष र २ जना महिला रहेका छन्।

यससँगै सुदूरपश्चम प्रदेशभर कोरोना संक्रमितको जम्मा संख्या संख्या दुई सय ६४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय