एकैदिन ४२५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार ७६० पुग्यो

आइतबार थप ४२५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२५ जनामा कोरोना संक्रमण देखिएको बताए।

आइतबार संक्रमित देखिएको मध्ये ३७५ पुरुष र ५० महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ५ हजार ७ सय ६० जना पुगेका छन्। जसमध्ये ५ हजार ३ सय ३५ पुरुष र ४ सय २५ महिला रहेका छन।

आइतबार ६१ निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । हालसम्म ९ सय ७४ संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये ८७७ पुरुष र ९७ महिला रहेका छन्।

हालसम्म ७३ जिल्ला कोरोना संक्रमण देखिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय