क्वारेन्टाइनबाट घर गएका ११ जनामा कोरोना पुष्टि

कञ्चनपुरको लालझाँडी गाउँपालिकास्थित क्वारेन्टाइनबाट घर गएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

लालझाडी गाउँपालिका–४ स्थित स्वतन्त्र माविमा बस्दै आएका ११ जनालाई स्वाब संकलन गरी रिपोर्ट नआउँदै घर पठाइएको थियो। जेठ ३० गते घर पठाइएका उनीहरूको एक दिनपछि पोजेटिभ रिपोर्ट आएको हो। शनिबार कञ्चनपुरका २१ नयाँ संक्रमित मध्य १४ जना लालझाँडी गाउँपालिकाका रहेका थिए।

मध्य ११ जना घर पठाइएका व्यक्ति रहेका गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए।

उनले क्वारेन्टाइनमा बसेका नागरिकहरूले आफूलाई घर पठाइदिन चर्को दवाब दिएपछि वडा अध्यक्ष र सुरक्षाकर्मीको रोहबरमा ११ जनालाई सेल्फ क्वारेन्टाइनमा बस्ने बाचासहित पठाइएको बताए। कोरोना पोजेटिभ देखिएसँगै ती सबै ११ जनालाई पुनः क्वारेन्टाइनमा ल्याउने तयारी भइरहेको उनले बताए।

अध्यक्ष बडायकले क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलनपछि ढिला गरी नतिजा आउँदा व्यवस्थापनमा समस्या भएको बताए। घरपठाइएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि लालझाडिका स्थाानीय त्रसित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय