भोलिदेखि दुई सिफ्टमा खुल्दै सरकारी कार्यालय

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ३२ गते १४:२६

असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने भएका छन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार सरकारी कार्यालय दुई सिफ्टमा खोल्न लागिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार सरकारी कार्यालय बिहान ८ देखि दिउँसो १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा खुल्ने छन्।

सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्था पनि सोही समय पावन्दीमा दुई सिफ्टमा सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय