विपद् समितिको बैठकमा जादै गर्दा दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा परि गाँउपालिका अध्यक्षको मृत्यु भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाँउ पालिका अध्यक्ष राजकुमार शर्माको जिप दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन सदरमुकाम परासी जाँदै गर्दा शर्मा सवारी लु १ झ ३७० नम्बरको स्कर्पियो जिप बर्दघाटको लक्ष्मीनगर पुलबाट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई चिसापानी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

शर्मासँगै कारमा रहेका प्रतापपुर गाँउपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । शर्माको शवलाई पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय