रक्तदातालाई निसर्गको सम्मान

धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले रक्तदातालाई सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

विश्व रक्तदाता दिवसको अवसरमा हस्पिटल परिसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिममा धेरैपटक रक्तदान गर्ने रक्त दातालाई सम्मानित गरिएको स्पतालका सञ्चालक कुबेरबहादुर शाहीले बताए।

सञ्चारकर्मी दीपक नेपाल र एक्सिस विद्याश्रामकी शिक्षिका निशा पाण्डेलाई दोसल्ला तथा प्रमाण पत्रसहित सम्मान गरिएको हो।

सम्मानित हुने नेपालले अहिलेसम्म ८० पटक रक्तदान गरेका छन् भने नेगेटिभ रक्त समूहममा शिक्षिका पाण्डेले सबैभन्दा बढी ८ पटक रक्तदान गरेकी छन्।

सञ्चारकर्मी नेपाललाई अस्पतालका अध्यक्ष तिर्थ पन्त र शिक्षिका पाण्डेलाई सञ्चालक शाहीले दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए।

निसर्ग हस्पिटलले बिगतमा पनि बिभिन्न किसीमका सामाजिक कार्यहरु गर्दे आएको छ। अस्पतालले कोराना माहामारी र लकडाउनको बीचमा पनि २४सैं घण्टा आकस्मीक सेवा, आइसियु, एनआइसियु, भेन्टिलेटरसहित बिभिन्न खाले विशेषज्ञ सेवा दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय