डडेलधुरामा स्टाफ नर्समा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

डडेलधुरा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना पुष्टि भएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जगदिश चन्द्र विष्टका अनुसार अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

स्टाफ नर्ससँगै स्वाव संकलन गरिएका अस्पतालमा कार्यरत ११ जना स्वास्थ्कर्मीको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए। उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम आइसोलेसनमा बसिरहेकी छन्। डडेलधुरामा निजी क्लिनिकमा कार्यरत अनमिमा पनि कोरोना संक्रमण देखिएको थियो।



One thought on “डडेलधुरामा स्टाफ नर्समा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *