असार १ गते रेडियो र टेलिभिजनबाट पढाइ सुरु हुने

सरकारले लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरूका लागि रेडियो र टेलिभिजनबाट पढाई सुरु गर्ने भएको छ।

कोरोना भाइरस महामारीका कारण लकडाउनमा परि विद्यालय बन्द हुँदा विद्यार्थीलाई समस्या भएको भन्दै सरकारले पढाईलाई निरन्तरता दिन घरमै बसि पढ्ने व्यवस्था गर्न असार १ गतेबाट पठनपाठन शुरु गर्ने भएको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले लकडाउनका कारण विद्यालय जान नपाएकका बालबालिकाको सिकाईलाई निरन्तरता दिन रेडियो टेलिभिजनबाट पठनपाठन सुरु गर्न लागिएको जानकारी दिए।

‘नेपाल टेलिभिजनमा कक्षा एकदेखि आठसम्मको पढाई भोलिदेखि हुने गरी कार्यतालिका निकालिसकेका छौं’, महानिर्देशक थपलियाले भने, ‘कक्षा ९ र १० का पाठहरू डिस होम, नेट टिभि र म्याक्स टिभिको एजुकेसन च्यानलबाट पढाई सुरु हुन्छ।’

भाइरसको महामारी तथा लकडाउनका कारण विद्यालय तात्काल खुल्न सम्भव नभएकाले बालबालिकालाई वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाई सहयोगी सामग्री पनि केन्द्रले तयार गरेको उनले जानकारी दिए।

‘कक्षा तीनसम्मको डिजिटल कपी केन्द्रको वेभसायटमा राखिसकिएको र कक्षा आठसम्मलाई उपयोगी पुस्तक तयार भइ डिजिटल कपी समेत तयार छ। चारदेखि आठसम्मको अनजभोली नै राख्छौं,’थपलियाले भने।

कतिपय स्थानीय तहहरूले तीन कक्षासम्मको सामग्री वितरण गरिसकेको बताउँदै थपलियाले स्थानीय रेडियोहरू पनि कार्यक्रम बजाउन उत्सुक देखिएको जानकारी दिइन्।

रेडियो टेलिभिजन नहुने घरका बालबालिकाका लागि सिकाइका लागि उपयोगी हुने गरी पाठ्यपुस्तक तयार गरेको र उनीहरूसम्म पु-याउने केन्द्रले जानकारी दिएको छ।

‘रेडियो टिभि नभएको घरका बालबालिकाका लागि डेढ/दुई महिनाका लागि पुग्ने उपयुक्त पाठ्यपुस्तक तयार गरेका छौं। यसको उपयोग गरेर उनीहरु पड्न सक्छन्,’ डा. थापाले भने।

यस्तो छ पढाई तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय