मेचीनगरमा महिलाका लागि छुट्टै क्वारेन्टाइन

क्वारेन्टाइन अव्यवस्थित भएको, मलिलाका लागी छुट्टै क्वारेन्टाइन नभएको, क्वारेन्टाइनमा खानाको प्रबन्ध नभएको लगायत गुनासो चुलिँदै गएको बेला झापामा मेचीनगर नगरपालिकाले छुट्टै महिला क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ।

नेपालको पूर्वी नाका मेचीनगर- १० धुलाबारीको अतिथि सदनमा महिला क्वारेन्टाइन सञ्चालन गरिएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताए। उनले अतिथि सदनको तल्लो तलामा महिलाहरूका लागि छुट्टै क्वारेन्टाइन सञ्चालन गरिएको जानकारी दिए।

तीनदिन अघिबाट सञ्चालनमा ल्याइएको क्वारेन्टाइनमा दुई बालक र १२ जना महिला राखिएको छ। त्यहाँ भारतबाट आएका ६ र कुवेतबाट आएका ६ जना महिलासहित १४ जना राखिएको छ।

शनिबार बेलुका छ जना महिला कुवेतबाट र दुई बच्चासहित छ जना महिला शुक्रबार भारतबाट आएका हुन्।

भारतसहित बिदेशबाट आउने महिलालाई अतिथि सदनमा राखिने र उनीहरूलाई खानाको व्यवस्था नगरपालिकाले नै गर्ने नगर प्रमुख आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय