बस चालकमा पनि कोरोना पुष्टि

कैलालीमा सार्वजनिक बसचालकमा पनि कोरोना पुष्टि भएको छ। शनिबार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका- ७ का ४७ वर्षीय संक्रमित पुरूष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टाइन पु-याउन प्रयोग गरिएको बसका चालक रहेका खुलेको छ।

धनगढीस्थित माया मेट्रो अस्पताल हुँदै शनिबार नवजीवन अस्पतालको आइसोलेसनमा उपचाररत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी सार्वजनिक बस चालक रहेको खुलेको हो।

बस चालक आफै बसका मालिक पनि रहेको बताइएको छ। उनले भारतबाट आएका नेपालीलाई गड्डाचौकीबाट क्वारेन्टाइनसम्म पुगा-याउने गरेको नवजीवन अस्पतालका निर्देशक विदुरमणी ढकालले बताए। उनले बिरामीमा निमोनिया देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएकोमा कोरोना पुष्टिपछि सेती अस्पताल पठाइएको बताए। अहिले संक्रमितको कोरोना अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय