प्रदेश दुईमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश दुईमा ३४ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा १७ जना संक्रमित पर्साका मात्रै रहेका छन्। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेमा १७ जना पर्साको र बाँकि बारा, रौतहट र सर्लाहीका रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। जेठ २४ मा उनीहरूको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो।
संक्रमित हुनेहरूमा पर्साका १७ जना, बाराका ९ जना, रौतहटका ७ र सर्लाहीका १ जना गरि ३४ जना रहेका छन्। केहि दिन अगाडि भारतबाट फर्किएर स्थानीय तहमा निमार्ण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए। पर्सामा ३ महिलासहित १७ जनामा कोरोना पुष्टि भएको हो।
पर्साका संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना, पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ र जिराभवानी गाउँपालिकामा १ जना, धोबनी गाउँपालिकामा १ जना, १ पर्सागढी नगरपालिका गरि पर्साका १७ जना थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ।
संक्रमितहरूलाई आइसोलेसन वार्डमा राख्ने तैयारी भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको छ।