भारतमा २४ घण्टामा १२ हजार नयाँ संक्रमित, ३११ को मृत्यु

कोरोना भाइरसको संक्रमणबाट भारतमा बितेको २४ घण्टामा ३ सय ११ जनाको मृत्यु भएको छ भने करिब १२ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना भाइरसको संक्रमितको संख्यामा इटाली, स्पेन र बेलायतलाई उछिनेको छ। एकदिनमै भारतमा ११ हजार ९ सय २९ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ९९ पुगेको छ भने ३ लाख २१ हजार ६ सय २६ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख ६२ हजार ३ सय ९७ जना निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा कोरोना भाइरसबाट ३ हजार ८ सय ३० जनाको मृत्यु भएको छ भने १ लाख ४ हजानरभन्दा बढीमा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै दिल्लीमा भाइरसको संक्रमणबाट १ हजार २ सय ७१ जनाको मृत्यु र ३८ हजार ९ सय ८५ संक्रमित, तामिलनाडुमा ३ सय ९७ को मृत्यु र ४२ हजार ६ सय ८७ संक्रमित, गुजरातमा रहेका २३ हजार ३८ जनामा १ हजार ४ सय ४८जनाको मत्यु भएको छ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ४ लाख ३२ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ भने ७८ लाख ७२ हजार ६ सय ६० जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ४० लाख ४२ हजार ४ सय ६३ जना निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय