रिपोर्ट आउन ढिलो हुन थालेपछि क्वारेन्टाइनबाट घर फर्किनेको संख्या बढ्दो

गएको जेठ २२ गते देउखुरीको राजपुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ २१ गते रिपोर्ट नेगेटिभ आएको सूचना दिएपछि गाउँपालिकाले शारदा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकालाई घर फर्काएको थियो।

तर, भोली पल्ट २२ गते सोही क्वारेन्टाइनका तीन जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले घरमा गएकालाई पुन: ल्याएर आइसोलेसन अस्पतालमा राखेको थियो। ति मध्यका एक जनामा अर्को दिन संक्रमण पुष्टि भएको थियो।

अहिले उनी उपचार गरारत छन्। राजपुर गाउँपालिकामा गलत सूचनाका कारण क्वारेन्टानमा बसेका घर फर्किका थिए। तर, अहिले गलत सूचनाका कारण होइन घोराही उपमहानगरपालिका केही वडाका क्वारेन्टाइनमा बसेका लापरवार्ही गरेर घर फर्किएका छन्।

कोरोना परिक्षणको रिपोर्ट नआउँदै उनीहरू क्वारेन्टाइनबाट घर फर्कन थालेका हुन्। उनीहरू मध्य शनिबार घोराही उपमहानगरपालिका- १ को सिमलतार आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ जना रिपोर्ट नआउँदै घर फर्किएको वडा अध्यक्ष राममणि पाण्डेयले बताए।

क्वारेन्टाइनमा २१ दिन बसेका र घर जानका लागि आत्तिएकाले उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको वडा अध्यक्ष पाण्डेयले बताए। ‘क्वारेन्टाइनमा २१ दिन विताएका र घर जान आत्तिएकाहरुलाई घर जान दिएका हौ,’वडा अध्यक्ष पाण्डेयले भने, ‘उनीहरुलाई रिपोर्ट नआउँदासम्म घरमै सामाजिक दूरी कायम राखेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौ।’

लामो समयसम्म क्वारेन्टाइनमा बस्दा उनीहरु स्वयम् आत्तिएको र क्वारेन्टाइन निर्माण गरिएको विद्यालयको मर्मत सम्भार गर्नुपर्ने बाध्यताले गर्दा उनीहरूलाई घर पठाउनु परेको उनले बताए। उनीहरू सवै जना भारतबाट फर्किएका हुन्। तर, अरु भने अझै क्वारेन्टाइनमै बसेको बताएका छन्।

त्यस्तै घोराही उपमहानगरपालिका- ६ को माध्यामिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ जना रिपोर्ट नआउदै घर फर्किका छन्। भारतका विभिन्न ठाउँबाट फर्किएर २४ देखि २६ दिनसम्म वडाले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिपोर्ट नआउदै घर फर्किएका हुन्। उनीहरूको गएको २१ गते स्वाव संकलन गरिएको थियो।

‘स्वाब संकलन गरेको दश दिन भैसक्दा पनि रिपोर्ट नआएपछि उनीहरू आत्तिएर घर फकिएका छन्,’ वडा अध्यक्ष बुढाथोकीले भने, ‘मैले एतिका समय क्वारेन्टाइनमा बसिसकेकाले अब नआत्तिन आग्रह गरेको थिए, तर उहाँहरू नमानेर घर पर्कनुभयो।’ घर फर्किएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा उनीहरूले बरु आफुहरू रिपोर्ट पोजिटिभ आए आइसोलेसेन अस्पतालमा बस्न तयार छौं तर क्वारेन्टाइनमा बस्दैनौ भनेर घर फर्किएको वडा अध्यक्ष बुढाथोकीले बताए।

घर फर्किएहरुलाई रिपोर्ट नआउँदासम्म होम कवारेन्टाइनमा बस्न आग्रह गरेको बताएका छन्। उनीहरू पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए।

पिसिआर परिक्षणका लागि रिपोर्ट आउन ढिला गरेको भन्दै घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय गिठेपानीबाट १३ जना घर फर्किएका छन्। स्वाब संकलन गरेको एक हप्ता बढि समय हुदाँ पनि रिपोर्ट नआएपछि उनीहरू शुक्रबार घर फर्किएका थिए।

यी प्रतिनिधि मुलक घट्ना मात्र हुन क्वारेन्टाइन निर्माण गरिएको स्थलमा सुरक्षा व्यवस्था नहुनु र रिपोर्ट आउन ढिलाई गर्दा धेरै क्वारेन्टाइनमा बसेका आत्तिएका छन्। कपितय क्वारेन्टाइनमा भाग्ने समेत गरेका खवरहरू आइरहेका छन्।

५ हजार बढि स्वाब परीक्षणको प्रक्रियामा

यसैबिच घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ हजार बढि व्यक्तिको स्वाब परिक्षणको क्रममा रहेका छन्। दाङसहित छिमेकी जिल्लाहरको ५ हजार एक सय ३५ जनाको स्वाब परिक्षणको क्रममा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्। प्रतिष्ठानमा हालसम्म गरिएको ६ हजार ४३ स्वाब मध्य १७९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।

स्वाब परीक्षणका क्रममा नयाँ मेसिन आइसकेपनि केही पाठपूर्जाहरू आउन ढिलाई भएका कारण स्वाब परीक्षणमा ढिलाई भएको बताए। ती पाठपूर्जाहरू आउने क्रममा रहेकाले यहि हप्ताभित्रै दुई वटा मेसिनबाट स्वाब परिक्षण हुने बताइएको छ।

अहिले दैनिक ४ सयदेखि ५ सम्म स्वाब परीक्षण गर्दै आएको प्रतिष्ठानले नयाँ मेसिन रनिङ गरेपछि दैनिक एक हजार जनाको स्वाब परिक्षण गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय