कोभिड–१९ को समयमा तनाव, चिन्ता वा डर कम गर्ने उत्तम तरिका

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेदेखि धेरै मानिस घरमै बसिरहेका छौं। अहिले देशमा बन्दाबन्दी अलि खुकुलो पारिँदै लगिए पनि पूरै रूपमा खुला हुन्। पहिले जस्तै सामान्य रूपमा हिँडडुल वा घुमफिर गर्न अझै धेरै समय पर्खनुपर्नेछ।

यही बन्दाबन्दीले गर्दा धेरैजसो ट्राभल कार्यक्रमहरू अनिश्चित समयसम्मको लागि स्थगित भएका छन्। व्यापार–व्यवसाय बन्द भएको छ। कलकारखाना बन्द छन्। स्कुल र कलेज बन्द छन्। जसको परिणामस्वरूप मानिसमा तनाव वा चिन्ताले दिनदिनै सताउन थालिसकेको छ।

तनाव, चिन्ता, डर र आवेग महसुस गर्नु स्वाभाविक हो, किनकि कोभिड–१९ कहिले सकिन्छ वा रोग निर्मूल हुन्छ भन्ने अनिश्चित छ। संसारभरिका वैज्ञानिक, अनुसन्धानकर्ताहरू वा विश्वविद्यालयहरूले औषधी र रोगविरुद्धको खोप पत्ता लगाउनका लागि लगातार लागिरहेको देखिन्छ।

तथापि यदि तपाई क्यान्सर वा अन्य दीर्घकालीन रोगबाट ग्रस्त हुनुहुन्छ भने, कोभिड–१९ बाट संक्रमित हुने सम्भावना बढी हुन्छ र यो पनि चिन्ता वा तनाब बढाउने अर्को कारण हुनसक्छ। आवेग वा चिन्ता सामान्यतया तब हुन्छ, जब हामी सोच्दछौं कि अब के हुनसक्छ वा हुनेछ भनेर आशा गर्न वा तनाव नियन्त्रण गर्न असमर्थ हुन्छौं।

आफैंलाई बन्द गर्नु वा आफ्नो बारेमा कम सोच्ने वातावरण तयार गर्नु तनाव कम गर्नका लागि सबैभन्दा उपयोगी तरिकामध्ये एक हो। जब तपाई अरूको सेवा गर्नका लागि आफ्नो समय समर्पण गर्न थाल्नुहुन्छ तब अनिवार्य रूपमा व्यक्तिगत मुद्दाका बारेमा सोच्न कम समय पाउनु हुन्छ। हालै पेनसिल्भेनिया विश्वविद्यालयबाट अरुलाई सहयोग पुर्याएको आवेग वा भावनाहरूसम्बन्धी केही रिपोर्ट आएका छन्।

जसले अरुलाई सहयोग धेरै गर्दछ उसले आफ्नोबारेमा सोच्ने अवसर कम पाउँछ, जसले गर्दा उसले आफ्नो तनाव, चिन्ता कम गर्दै गइरहेको हुन्छ। कर्पोरेट जगतमा तनाव भएका मानिस धेरै हुन्छन् किनकि तिनीहरू अरुहरूभन्दा आफ्नो मुद्दा र स्थितिबारे निरन्तर सोचिचरन्छन्। जसले तनाब बढाउन मद्दत गरिरहेको हुन्छ।

कोभिड–१९ को कारणले भइरहेको तनाव कम गर्नका लागि सबैको भूमिका अनिवार्य छ। कोभिड–१९ को संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्नु एकमात्र महत्वपूर्ण कदम हो। सामाजिक दूरीले व्यक्तिहरूबीचको सम्पर्क कम गर्दछ, जसले गर्दा व्यक्तिहरूबीच रोग फैलाउने सम्भावना कम हुन्छ।

आफू र अरुबीच कम्तीमा दुई मिटर राखेर सामाजिक दूरीको अभ्यास वृद्धि गर्नुपर्छ। यो कोभिड–१९ विशेष गरी गम्भीर रोगबाट ग्रसित बिरामी लगायत वयस्क तथा केटाकेटीहरूलाई अलि बढी जोखिम हुन्छ। यद्यपि यो रोग कुनै पनि उमेर समूहका मनिसलाई संक्रमण हुनसक्छ। त्यसले सबै वर्ग र उमेर समूहका मानिसले उत्तिकै सावधानी अपनाउनु पर्दछ।

केही तनावग्रस्त व्यक्तिहरूले यस कोभिड–१९ महामारीको सूचनाले मानिसमा डर पैदा गरेको जसको परिणाम स्वरुप चिन्ता, डर र तनाव अनुभव गरिरहेका छन्। यस्ता मिथ्या सूचना वा समाचार र डाटाका स्रोतहरूलाई निर्मूल पार्ने वा हटाउन सहयोग गर्नुहोस्। जसबाट ‘इन्फोडिमिक’ असर भई तनाव र चिन्ता बढ्न सक्छ।

यस महामारीको अवधिमा केही क्लिनिसियनहरूले आधुनिकका साथ साथै परम्परागत उपचार पद्धति र वैकल्पिक चिकित्सा प्रणालीको प्रयोगबारेमा अध्ययन र प्रयोग गर्दैछन्, जसले कोभिड–१९ को जोखिम कम गर्न मदत गर्छ वा लक्षणहरूको गम्भीर्यता कम गर्दछ। जस्तै भिटामिन, बी, सी, इचिनासिया (चिसोसँग सम्बन्धित रोगसँग लड्न शक्ति प्रदान गर्दछ), जिंक, फलाम र अन्य सप्लिमेन्टहरू प्रयोग गरिरहेका छन् जसले कोभिड–१९ को लक्षणलाई कम गर्न मदत गर्दछ।

यस्तै चीनमा कोभिड–१९ को समयमा हर्बल मेडिसिन प्रयोग गरिएको कुरा सबैलाई थाहा नै छ जस्तै Lianhuaqingwen क्याप्सल र Jinhuaqinggan Granules गभिक हल्का बिरामीलाई र  Xuebijing (सुई) सिकिस्त अवस्था मा। यिनी औषधीहरू व्यापक रूपमा प्रयोग गरिएका थिए। चीनका सरकारी विज्ञहरू दाबी गर्छन् कि यस्ता प्रकारका हर्बल औषधीले बिरामीको ज्वरो, खोकी, थकाइ तथा बिरामी सिरियस अवस्थामा जानबाट कम गर्छ। तथापि यी कुराहरूको वैज्ञानिक पुष्टि हुन बाकी नै छ।

कोरोना भाइरस रोग २०२० को वर्तमान प्रकोप (कोभिड–१९) ले सम्पूर्ण मानिसलाई तनावपूर्ण बनाएको छ। यो रोगले भय र चिन्ता अझ बढाएको छ, जसको असर वयस्कमा अलि बढी देख्न सकिन्छ। त्यसो भए तपाई र तपाईको परिवारलाई तनाव कसरी कम गर्ने भनेर जान्नु महत्वपूर्ण हुनेछ।

कोभिड–१९ मा निम्न लिखित कुराहरू संलग्न हुन् सक्छन्।

– चिन्ता र डर तपाई आफैं र तपाईको परिवारको स्वास्थ्य र आफन्तहरूका बारे।

– तपाईको सुत्ने वा खाने बानी परिवर्तन हुन सक्छ।

– तपाई राम्रोसँग सुत्न वा निद्रामा ध्यान केन्द्रित गर्न सक्षम हुनुहुन्न।

– यदि तपाईलाई दीर्घकालीन स्वास्थ्य समस्या छ भने त्यो नै तपाईको तनावसँगको मुद्दा हुन सक्छ।

– मानसिक स्थिति परिवर्तन हुन सक्छ।

– रक्सी, धूम्रपान र सूर्तीजन्य प्रयोग वा अन्य लागूपदार्थको प्रयोग बढ्न सक्दछ।

– घरपरिवार, साथी तथा सामाजिक काम ध्यान नजान सक्छ।

– एक्लो बस्न रुचाउनु वा एक्लो महसुस हुन सक्छ।

एक सभ्य नागरिकको भूमिका निर्वाह गर्दै तपाई आफ्नो र तपाईको समुदायको ख्याल राख्नुहोस्। यदि तपाईले आफ्नो परिवार, साथीहरू तथा उनीहरूको परिवारका साथै सम्पूर्ण समाजको हितका लागि गर्ने सहयोग र हेरचाहले तपाईलाई तनावको डटेर सामना गर्न र तनाव कम गर्न मदत गर्दछ। यसले तपाईलाई समुदायप्रतिको जिम्मेवारी पनि महसुस गराउँछ। यसै प्रकारले तपाईले अरूलाई पनि तनावबाट मुक्त बनाउन मदत गर्न सक्नु हुनेछ।

तपाईको तनाव, चिन्ता वा डर कम गर्ने तरिका

– टेलिभिजन, सामाजिक सञ्जाल, मिडियामा कोरोना सम्बन्धित समाचार वा यस्तै कथाहरू सुन्न रोक्नुहोस्। किनभने बारम्बार त्यस्ता समाचार र जानकारी सुन्दा निराश हुने सम्भावना धेरै हुन्छ।

– विश्वासिलो र भरपर्दो समाचारको स्रोतको मात्र विश्वाश गरौं। जस्तै, स्वास्थ्य मन्त्रालय, सरकरी स्वास्थ्य निकाय वा विश्व स्वास्थ्य संगठन आदि।

– समाचार सुन्न अलि कम गर्नुहोस्।

– तपाईं आफ्नो शरीरको विशेष ख्याल राख्नुहोस्।

– सधैं स्वस्थ, सफा र सन्तुलित खाना खाने कोसिस गर्नुहोस्।

– नियमित व्यायाम गर्नुहोस्।

– ध्यान, योगा गर्नुहोस् र पर्याप्त निद्रा सुत्ने गर्नुहोस्।

– रक्सी, धूम्रपान र लागूपदार्थको दुव्र्यसनबाट आफूलाई टाढा राख्नुहोस्।

– दिमाग शान्त गर्ने प्रयास गर्नुहोस्।

– अरुलाई सहयोग गर्ने बानी बसाल्नुहोस्।

– परिवार वा साथीभाइसँग घरमा समय बिताउनुहोस्।

– आफूलाई मनोरन्जनतिर ध्यान केन्द्रित गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय