सुदूरपश्चिममा ६४ जना कोरोनाका नयाँ संक्रमित थपिए
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा जडान गरिएको कोरोना परिक्षण प्रयोगशालामा गरिएको कोरोना परिक्षण अनुसार डडेलधुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा ५, डोटीमा तीन जना थपिएका छन्। २४ घण्टामा २ सय ७६ जनाको नमूना संकलन गरिएको थियो।