झापामा एक महिलासहित ५ संक्रमित थपिए

झापाको गौरीगञ्ज गाउँपालिकाका थप तीन जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। खजुरगाछि माविको क्वारेन्टाइन रहेका ६६ जनाको स्वाब परीक्षणका लागी पठाइएको थियो।

संक्रमित हुनेमा गौरीगञ्ज गाउँपालिका- ५ चिल्लाहारा घर भएका १७, २४, र २६ वर्षीय युवा छन्। योसँगै गौरीगञ्ज गाउँपालिकामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। जसमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन्।

त्यसैगरी झापाको शिवसताक्षीमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी ति महिलाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो। झापामा कोरोना पुष्टि हुने उनी दोस्रो महिला हुन्।

यसअघि गौरादह नगरपालिका- बैगुनधुराकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। आज कोरोना पुष्टि भएकी महिला भारतको दिल्लीबाट आएको शिवसताक्षी -११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले बताए।

हाल उक्त क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका २१ जना बस्दै आएका छन्। अन्यको रिपोर्ट आउन बाँकी छ।

आजनै बाह्रदशी- १ का पुरुषमा कोरोना पुष्टि भएको छ। भारतबाट आएका उनी स्थानीय पशुपति माविको क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । उनीहरू मध्ये १०४ जना निको भएर घर फर्किसकेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय