रक्तदाता दिवसको अवसरमा सहकारीको रक्तदान

लिमिटेड तिलोत्तमा–१५, कोटिहवा अन्तर्गत जनउत्थान सिस्टर्स क्लबले ३०औं खुला रक्तदान कार्यक्रम गरेको छ।

विश्व रक्तदाता दिवसको अवसरमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीले जनाएको छ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ।

सहकारीको कोटिहवास्थित केन्द्रीय कार्यालय परिसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन्। रक्तदान कार्यक्रममा महिलाहरुको पनि उत्साहजनक सहभागिता रहेको जनउत्थान सिस्टर्स क्लबका संयोजक केश कुमारी लुइटेलले बताइन्।

कार्यक्रममा ५० जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए । उनका अनुसार त्यसमध्ये १० जना महिला रक्तदाता रहेका थिए। उनिहरुलाई उपहार स्वरुप तीन किलो हरियो तरकारी उपहार दिइएको थापाले बताए।

सहकारीले लकडाउनका समयमा कृषि एम्बुलेन्स मार्फत सहकारी सदस्यले उत्पादन गरेको तरकारीलाई सहकारीको प्राङ्गणका साथै भैरहवा र नजिकको बजारसम्म बिक्री गर्नमा सहयोग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय