शनिबार थप २७३ मा संक्रमण, मृतक संख्या पुग्याे १८

कोरोना आशंका पिसिआर मार्फत परीक्षण गर्दा शनिबार थप २७३ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा.जागेश्वर गौतमले थप २७३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

शनिबार संक्रमित देखिएको मध्ये २४७ पुरुष र ३६ महिला रहेको मन्त्रालयले जनाएको छ।  यो सँगै नेपालमा संक्रमित हुने संख्या ५ हजार ३ सय ३५ जना पुगेका छन्। जसमध्ये ४ हजार ९ सय ४९ पुरुष र ३ सय ८६महिला रहेका छन ।

शनिबार ३६ निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।हालसम्म ९ सय १३ संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । जसमध्ये ८२२ पुरुष र ९१ महिला रहेका छन्।

पर्सा जिल्लाका विरगञ्ज महानगरपालिका घण्टाघरका २५ वर्षका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृतकको जेठ २८ गते वेवारिसे लास फेला परेको मन्त्रालयले जनाएको छ। मृतकको पोस्टमार्टमको लागि नारायणी अस्पताल ल्याइएको र स्बाव संकलन गरी परीक्षण गर्दा नारायणी प्रयोगशालामा पोजेटिभ देखिएको हो।

त्यसैगरी, बारा जिल्लाको निजगढ नगरापलिका वडा ६ का ५ वर्षका बालकलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्याका कारण शुक्रबार विरगञ्ज हेल्थ कियरमा ल्याइएको थियो । आइसियुमा उपचाररत बालकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु भएपश्चात कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १८ पुगेको छ ।७२ जिल्लाका मानिस कोरोना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय