झापामा थप एकमा कोरोना पुष्टि

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा बाह्रदशी- १ का पुरुष छन्। केही दिन अघि भारतबाट आएका उनी स्थानीय पशुपति माविको क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए।

आज एकजनामा कोरोना पुष्टि भएसँगै बाह्रदशीमा संक्रमितको संख्या ५ पुगेको छ। योसँगै झापामा कोरोना संक्रमितको संख्या १७० पुगेको छ । ९५ जना निको भएर घर फर्किएका छन्।

यसैबीच भारतको सिक्किमबाट आएका एक पैदल यात्रीलाई मेची अञ्चल अस्पताल लगिएको छ। बिर्तामोड नगरपालिका–६ बुटाबारीको कुमारी चोकमा अस्वस्थ अवस्थामा भेटिएका अस्पताल लगिएको वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए।

नजिकको मेडिकलमा ज्वरो नाप्दा १०७ डिग्री देखाए पछि अस्पताल लगिएको हो। पाँचथर याङ्गनाम घर बताउने पौडेल थरका ति व्यक्तिले आफू बाहुनडाँगीबाट लुकिछिपी आएको बताएका छन्।

उनले बेला बेला बान्ता आउने, सास फेर्न गाह्रो बताएपछि प्रहरी बिट बुटाबारीका इन्चार्ज धनपती विमलीको प्रयासमा एम्बुलेन्स झिकाइ अस्पताल पठाएको वडाध्यक्ष कन्दङ्वाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय