डडेल्धुरामा पाँच कोरोना संक्रमितलाई निको नहुँदै पठाइयो घर

सुदूरपश्चिम प्रदेशबाट शनिबार मात्रै निको नभएका ६ जना कोरोना संक्रमितलाई घर पठाइएको छ।

शनिबार बिहान घोडाघोडी नगरपालिकाका कोरोना संक्रमितलाई निको नभएको तर कुनै लक्षण पनि नभेटिएको भन्दै घर पठाइएको थियो।

आजै डडेल्धुराका पाँच कोरोना संक्रमितलाई समेत निको नहुँदै घर पठाइएको छ। १४ दिन सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार उनीहलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ।

डडेलधुराबाट आज पठाइएका हरुमा जिल्लाको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षे पुरुष र १७ वर्षे युवक, सोही गाउँपालिका २ का १९ वर्षे युवक २५ र ५७ वर्षीय पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी र पठाइएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। उनीहरूलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो।

जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरूलाई सुरुमा कोरोना पोजेटिभ देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय