दुई दिन ढिलो गरी सुरु भयो मनसुन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ३१ गते १४:२८

सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुईदिन ढिलो गरी शुक्रबार पूर्वी भागमाबाट नेपाल प्रवेश गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भागमा पुगिसकेको मनसुन केहि दिनमा पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

जल तथा मौसम पूवा नुमान महाशाखाका वैज्ञानिक समिर श्रेष्ठले शुक्रबारबाट मनसुन नेपाल प्रवेश गरेको र केहि दिनमा देशभर फैलिने बताए।

‘नेपालमा मनसुन भित्रिसकेको छ केहिदिनमा देशभर फैलिन्छ। यो वर्षको मनसुन सामान्य रहेको देखिएकाले औषत पानी पर्ने देखिएको छ। सबैतिर पानी पर्छ,’ श्रेष्ठले भने।

अगामी तीन दिनको मौसम यस्तो हुने छ।

जेठ ३१ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राती : देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश ५ को एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १ गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ३, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय