निको नहुँदै कोरोना संक्रमितलाई घर पठाइयो

माहन जोशी/धनगढी
प्रकाशित
२०७७ जेठ ३१ गते १३:३२

घोडाघोडी नगरपालिकाका कोरोना संक्रमितलाई निको नहुँदै घर पठाइएको छ।

घोडाघोडी–११ का ती व्यक्तिलाई कोरोनाका कुनै लक्षण नै नदेखिएको भन्दै घरपठाइएको हो।

घोडा घोडी नगरपालिकाकै आइसुलेन वार्डमा बस्दै आएका ती व्यक्तिलाई शनिबार आफ्नै घरको होम क्वारेण्टाइनमा बस्द सुझाव दिँदै घर पठाइएको मेयर ममता प्रसाद चौधरीले बताए।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमण पुष्टि भइ कुनै लक्षण नदेखिएका व्यत्तिलाई घर पठाउन पत्र पठाएको थियो,’ मेयर चौधरीले भने, ‘स्वास्थय निर्देशनालयको सोही पत्रलाई आधार मान्दै हामीले संक्रमितलाई घरपठाएका हौं।’

घर पठाइएका संक्रमितको एक हप्ता सम्म नगरका स्वास्थ्यकर्मिले नियमित निग्रानी गर्ने उनले बताए। ती व्यक्ति घोडाघोडीको आइसुलेसनमा १४ दिन बसेका थिए।

‘भारतबाट आएका ३२ वर्षे संक्रमित परुषमा जेठ १७ गते कोरोना पुष्टि भएको थियो,’ प्रमुख चौधरीले भने, ‘कोराना पुष्टि भएपछि सेती अस्पतालमा भर्नाका लागि पठाएका थियौं, तर अस्पतालले लक्षण नदेखिएको भनदै भर्ना लिन नमानेपछि हामी आफैले स्थानीय तहको आइसोलेसनमा १४ दिन राखेर विदा गरेका हौं।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लक्षण नभएका कोरोना संक्रमित व्यक्तिलाई स्थानीय तहको आइसोलेसनमा १४ दिन राखेर घर पठाउन निर्देशन दिइएको बताए। ‘कोरोना पोजिटिभ सबैलाई अस्पतालमा भर्ना गर्न सकिने अवस्था छैन,’ निर्देशक अवस्थीले भने, ‘विश्वका अन्य मुलुकले जस्तै अब लक्षण नदेखिएकालाई घरकै आइसोलेसन बस भन्ने हो।’

स्वास्थ्य मन्त्रालयको जेठ २० गतेको निर्देशनमा लक्षण नदेखिएकालाई १४ दिन आइसोलेसनमा राखेर घर पठाउन पत्रपठाएको उनले बताए। ‘सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई ५०/५० बेडको आइसोलेसन भवनसमेत तयार पार्न पत्र नै पठाएका छौं’, उनले भने, ‘दैनिक संक्रमित बढ्दै जाँदा ठाउँको अभाव भएको छ, क्वारेन्टाइन नै संक्रमणको घर बन्ने खतरा बढेकाले, घरमै सुरक्षित हुन आग्रह गरेका हौं।’  हाल सम्म सुदूरपश्चिमम ६६ हजार बढी नागरिक क्वारेन्टाइनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय