झापाका ९५ जनाले जिते कोरोना संक्रमण

झापाका १६९ मध्ये ९५ जना कोरोना जितेर घर फर्किएका छन्। कचनकवल गाउँपालिकामा मात्रै ११८ जनामा संक्रमण पुष्टि भएको छ। ति मध्ये ८४ जना निको भएर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार कचनकवल कचनकवलका ८४, बुद्धशान्ति गाउँपालिकाका पाँच, गौरीगञ्ज गाउँपालिकाका तीन, बाह्रदशी गाउँपालिका, दमक र भद्रपुर नगरपालिकाका एक/एक जना कोरोनालाई जितेर घर फेर्किएका हुन्।

कोरोना जितेर घर फर्किएका भद्रपुर नगरपालिका- ५ शङ्कर टोलका महमद अम्जाद अलीले आफू पूर्ण स्वास्थ भएको बताए। उनलाई भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठले स्वागत गरे।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घर फर्किएका ३४ वर्षीय उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो। उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए।

निको भएर फर्किएका पाँचै जना बुद्धशान्तिका होइनन्। ताप्लेजुङका तीन, पाँचथरका एक र बिर्तामोड नगरपालिका -२ का पाँच जना बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका थिए। उनीहरू सबै निको भएर फर्किएको बुद्धशान्तिका अध्यक्ष रमेश भूजेलले बताए।

गौरीगञ्जका १४ जना संक्रमित मध्ये तीन, भद्रपुरका चार मध्ये एक जना, बाह्रदशीका चार मध्ये एक जना र दमकका संक्रमित एक जना निको भएर घर फर्किएका हुन्।
मेचीनगरमा दुई, कनकाइका तीन, गौरादहका चार, हल्दीबारीका दुई, कमल गाउँपालिकाका एक, बाह्रदशीका तीन र झापा गाउँपालिकाका एक जनाको सुनसरीको धरान, मोरङको विराटनगर र गोठगाउँको कोभिड अस्पतालमा उपचार भइरहेको छ।

हिजो मात्रै झापा १३ जनामा कोरोना पुष्टि भएको हो। उनीहरू कचनकवल र बाह्रदशी गाउँपालिकाका हुन्।

कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेका ११ जना र बाह्र्दशीको पशुपति मावि क्वारेन्टाइनमा बसेका दुईजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरू वडा नम्बर ३ र ५ का हुन्। उनीहरू भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय