कोरोनाका नाममा दैनिक ९ करोड ३२ लाख खर्च, ८ अर्ब ३९ करोड सकिँदा झनझन बढ्दै महामारी

कोरोना महामारी नियन्त्रणका लागि नेपालमा सरकारले दैनिक औसत ९ करोड ३२ लाख भन्दा बढी खर्च गरेको पाइएको छ ।

अर्थमन्त्रालयलाई उद्धृत गर्दै सरकारी मुखपत्र गोरखापत्र दैनिकले प्रकाशित गरेको विवरणअनुसार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका नाममा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्च भइसकेको छ ।

यो कोरोनाको नियन्त्रण सुरु भएपछिको तीन महिनाको मात्रै खर्च हो । अर्थ मन्त्रालयका अनुसार सो खर्चमध्येको अधिकांश रकम स्वास्थ्य र रक्षा मन्त्रालयबाट भएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न भएका आठ मन्त्रालयका नाममा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भइसकेको अर्थ स्रोतलाई उद्धृत गर्दै सरकारी पत्रिकाले उल्लेख गरेको छ ।

प्रदेश तर्फ एक अर्ब ३० करोड चार लाख ९९ हजार र स्थानीइ तहमार्फत २ अर्व ०९ करोड ५१ लाख ९४ हजार खर्च भएको अर्थले जनाएको छ ।

]प्रदेश सरकार तर्फ प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेका छन् ।

स्वास्थ्यले विविध शीर्षकमा मात्रै १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार कोभिडका नाममा रक्षा मन्त्रालयका लागि मात्रै दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकास भएको थियो । तर मन्त्रालयले निकासा भएको भन्दा बढी अर्थात् दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च गरेको छ । अर्थले सार्वजनिक गरेको तीन महिनाको खर्च विवरण हेर्दा औसतमा दैनिक ९ करोडभन्दा बढी खर्च भएको देखिन्छ ।

जुन रकम निकासा भएको भन्दा १ करोड ६५ लाख ३० हजार बढी हो । कारोना नियन्त्रणमा रक्षाको भूमीका स्वास्थ्यको भन्दा कम महत्वपूर्ण भएपनि रक्षामन्त्री इश्वर पोखरेल कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय कार्यदलको संयोजको भूमीमा रहेका कारण खर्च पनि बढी यही मन्त्रालयमार्फत् भएको हो । पछिल्लो समय सेनामार्फत् स्वास्थ्य सामग्री खरिद भएकोबाहेक अधिकांश रकम भत्ता सुविधामा सिद्धिएको छ ।

खर्च भएको रकम प्रयोगशाला विस्तार एवं परीक्षण सामग्री खरिद, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, औसधी खरिदमा खर्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको गरिसकेको छ ।

निकासा भएको रकममध्ये औषधि तथा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको अर्थले जनाएको छ ।
स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको अर्थले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले स्वास्थ्य पूर्वाधार तर्फ थपिएका अधिकांश आइसियु भेन्टिलेटर दाताको अनुदानमा प्राप्त हुन् ।

मन्त्रालयले काठमाडौंभित्रैकै कोभिड उपचार अस्पताललाई समेत हालसम्म पूर्वाधार निर्माणका लागि पैसा दिएको छैन् । पूर्वाधारपछि स्वास्थ्यले स्वास्थ्य सामग्री र औषधि खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार खर्च गरेको विवरण छ ।

अधिकांश सार्वजनिक विद्यालयका विद्यार्थी सूचना प्राविधिको पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा पाएको छ ।

सोबाहेक स्वास्थ्यले विविध शीर्षकमा मात्रै १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च गरेको छ ।

उच्चस्तरीय संयन्त्रमा रहेका अन्य मन्त्रालयमध्ये गृहमार्फत् दुई करोड ४५ लाख ८८ हजार र परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च गरेको छ भने क्वारेन्टाइन व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च गरेका छन् ।

केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले समेत उही शीर्षकमा करोडौं खर्च गरेको पाइएको छ । स्वास्थ्य पूर्वाधार निर्र्माणमा प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत् १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

अधिकांश सार्वजनिक विद्यालयका विद्यार्थी सूचना प्राविधिको पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा पाएको छ । जसमध्ये दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय