बेवारिसे अवस्थामा मृत फेला परेका युवा र मृतक ५ वर्षीय बालकमा कोरोना पुष्टि

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ जेठ ३१ गते ११:०३

वीरगञ्जमा बेवारिसे अवस्थामा मृत फेला परेका एक जना युवा र एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। बेवारिसे अवस्थामा मृत फेला परेका २५ वर्षीय र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा निधन भएका ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

बाराको निजगढका ५ वर्षीय बालकको हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उनको स्वाब परीक्षण गरिएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन्।

चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्नु पूर्व स्वाब परीक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएको हो। अस्पताल स्रोत अनुसार बालकको उपचारकमा संलग्न ४ जान चिकित्सकको पनि परीक्षण भइरहेको छ।

कोरोना पोजिटिभ मृत्यु भएका बालकको शव सेनालाइ जिम्म दिने वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ। यस्तै बुधबार वीरगन्जको घन्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ। उनको शव नारायणी अस्पतालमा राखिएको छ।

बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको डा. उपाध्यायले बताए। हालसम्म मृतकको पहिचान खुल्न नसकेको नारायणी अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय