‘सरकार कति चुस्छौ रगत, दुब्लाएर मर्नै लागे जनता’
कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर आन्दोलन जारी छ। सरकार पूर्ण रुपमा असफल भएको भन्दै नेपालगन्जमा पनि युवाहरूले सडकमा उत्रिएका छन्।
स्वस्तफुर्त जम्मा भएका युवाले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडिटी रोकेर पिसिआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने लगायतका माग राखेका छन्।
जिल्ला प्रसाशन कार्यालय अगाडि धर्ना दिँदै बिभिन्न किसिमका प्लेकार्ड बोकेका उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरुले ‘सरकार खोई?’, ‘सरकार तेरो पाराले, दु:ख पाए साराले’, ‘नेपालको सरकार भ्रष्टाचार नै भ्रष्टाचार’, ‘खै सुरक्षित क्वारेन्टिन र पीसिआर’, ‘सरकार कति चुस्छौ रगत दुब्लाएर मर्नै लागे जनता’, दश अर्ब मलाई देउ मोटाउछु की’ लगायतका प्लेकार्ड बोकेर सांकेतिक रुपमा विरोध गरेका थिए।
यस्ता आन्दोलन पक्कै पनि राम्रा हैनन। सन्चार माध्यम पनि के समाचार् दिने भन्ने मा सचेत हुनुपर्छ । के टेस्ट गर्ने नगर्ने भन्ने बिषय नितान्त प्राबिधिक बिषय हुन। हुन त धेरै चिकित्षक नै अनभिग्य रहेको कुरो बिश्लेषण बाट् प्रष्ट हुन्छ। सबै लाइ पि सि आर् गर्न सकिदैन अनि आवस्यक पनि पर्दैन । एक् पतक तेस्ट गर्दैमा ढुक्क हुनु पर्ने पनि होइन ।सर्विलेन्स का लागि आर डि टि एक राम्रो उपाए हो हाम्रो जस्तो देश् मा।
सरकारले १० अरब को हिसाब किताब को कुरो आउदा सम्बन्धित निकाए बाट प्रष्ट नाऔनु दुखको कुरो हो । सामन्य तरिकाले हिसाब गर्दा बीर अस्पतालले यसको लागि पाएको २० करोड, पाटन अस्पतालको ३० करोड, श प्रहरि को ४० करोड, तृ बि अस्पतालको ३० करोड, औशधि खरिद करिब् २ अरब, सतृ बि अस्पतालको ३० करोड, औशधि खरिद करिब् २ अरब, सबै अन्चल् अस्पाताले गरेका खर्च २० देखि ३० करोड् सम्म को खर्च ४ अरब र आइसोलेसन, क्वारेन्टाइन्, यतायात्, प्रशसनिक् खर्च हेर्दा १० अरब ठिकै जस्तो देखिन्छ।बिरोध को नाम मा बिरोध गर्नु र रोग फैल्याउने कार्य मा सहभागि दुख् लाग्दो र दर लाग्दो हो ।
यदि काम भएन भन्ने हो भने सरकारले होइन, पैसा पाएका अस्पतालले किन गरेन भनेर सोध्नु पर्ने हो, सन्चार्कर्मिको भुमिका ठुलो छ।