कोरोना कोषमा नबिल बैंकको २६ लाख सहयोग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ३१ गते ९:५३

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोरोना भाइरस रोकथाम र उपचारका लागि नबिल बैंकले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा सहयोग गरेको छ। बैंकले कोरोना कोषमा २६ लाख सहयोग गरेको जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका संचालक तथा कर्मचारीहरूले कोराना कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए।

कोरोना भाइरसँग लड्न सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ रकम सहयोग गरिएको शाहले बताए। अध्यक्ष पौड्यालले नबिल बंैकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय