‘कोभिड प्रवक्ता’ बनेका डा. देवकोटा भन्छन्– ‘नागरिकलाई निराश नबनाउन निकै प्रयत्न गर्नुपर्छ’

स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता एवं गुणस्तर महाशाखाका प्रमुख डा. विकास देवकोटाले महामारीका समयमा जनतालाई सूचना दिँदा निराश नबाउन प्रयत्न गर्नुपर्ने बताएका छन्।

महामारी नियन्त्रणमा मन्त्रीपरिषद्सहित सम्पूर्ण राज्य संयन्त्र लागेपनि सिमित स्रोत साधान र अवसरका बीचमा सरकारले गरेका तयारीबाट जनतामा आशा जगाइराख्न यस्तो प्रयत्न गर्नुपर्ने डा. देवकोटाले बताए।

नेपालमा कोरोना भाइरसका सन्दर्भमा मन्त्रालयले थालनी गरेको पत्रकार सम्मेलनमा सुरुवातदेखि ७६ दिनसम्म रोगको अवस्थाबारे दैनिक अपडेटसहित लाइभ प्रस्तुतिमार्फत चर्चा पाएका डा. देवकोटाले प्रवक्ताको रुपमा हासिल गरेको अनुभव बाँड्ने क्रममा यस्तो बताएका हुन्।

हेल्थपोस्ट नेपालका लागि सम्पादक दीपक दाहालसँग विशेष कुराकानीका क्रममा डा. देवकोटाले कुनै विशेष सन्देशसहित उपस्थित हुने मान्छे आफै सन्देश हुनेसमेत बताए। ‘मलाई एक जनाले भन्नुभयो तँ प्रवक्ता मात्रै होइनस् मेसेज होस्’ उनले भने, ‘त्यसले मलाई मेजेस र दिने शैलीको गम्भिरता सिकायो।’

उनले सुरुमा केही प्वाइन्ट टिपेर व्याख्या गर्ने र पछि स्वास्थ्य मन्त्रालयको कामलाई लिएर सबै नागरिक जिज्ञासा मेटाउने हिसाबले प्रस्तुत हुने गरेको बताए। ‘मैले प्रवक्ताको रुपमा स्वास्थ्य मन्त्रालयका तर्फबाट यो गर्न सकेनौं पनि भनेको छु’ उनले भने, ‘गर्न खोज्नु, चाहना राख्नु र प्रयास गर्नु पनि ठूलो कुरा हो।’

‘म यथार्थपरक हुन कोसिस गर्थें र कोभिड १९ नयाँ रोग भएकोले नसकेको र गर्न बाँकी कुरालाई पनि राख्थेँ।’

उनले आफू जहिल्यै यथार्थपरक हुन गरेको समेत बताए। ‘म यथार्थपरक हुन कोसिस गर्थें र कोभिड १९ नयाँ रोग भएकोले नसकेको र गर्न बाँकी कुरालाई पनि राख्थेँ उनले भने ।

उनले आफूले सूचना तयार पार्ने क्रममा एउटा समूह नै खटिने गरेको र सुरुमा २ घण्टासम्मको तयारी गर्ने गरेको बताए । पछि विस्तारै १० मिनेटकोअघिको तयारीमा समेत उपस्थित हुने गरेको बताए । उनले औपचारिक सूचनाबाहेक विज्ञका रुपमा दिने कुरा टिममा छलफल गरेर लैजान्थे।

प्रवक्ताका रुपमा प्रस्तुत हुन थालेपछि घर वरपर वा बाटोमा हिँड्दा जिज्ञासाले पछ्याइरहने गरेको समेत बताए।
उनले पत्रकार सम्मेलनमा स्टप आडरडिटी भन्दा त्यताबाट पनि जानुपर्छ भन्ने लागिरहेको समेत खुलाए । उनले आफूलाई सुनिरहँदा राम्रो सूचना दिन पाए हुन्थ्यो लाग्ने गरेको समेत अनुभव साटेका छन्।

उनले अस्वभाविक रुपमा कोरोनाका केस बढ्दै जाँदा कहिलेकाहीँ आफूहरुले गरिरहेको आंकलन नमिलेजस्तो लाग्ने गरेको समेत सुनाए ।

उनले राजनीतिमा जान्न भन्ने नसक्ने भन्दै अहिलेको अवस्थामा महामारीबाट नेपाललाई मुक्त गर्न काममा लाग्ने बताएका छन्।

डा. देवकोटाको अन्तर्वार्ताको अंश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय