गंगालालको ‘बाथ, मुटुरोग निवारण अभियान’ सञ्चालन

हेल्थपोस्ट नेपाल

नेपाल हृदय रोग निवारण प्रतिष्ठान र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले संयुक्त रुपमा ‘बाथ मुटुरोग निवारण अभियान’ सञ्चालन गरेको छ।

नेपालमा वर्षेनी करिब १ हजार बालबालिकाहरु बाथ मुटु रोगका कारण मर्ने गरेको र १ हजार जनाको मुटुको भल्भ फेर्ने शल्यक्रिया गर्नु भएकाले चिकित्साका लागि मात्र वर्षेनी ३० करोड रुपैया खर्च हुने भएकाले त्यसको निवारणका तथा खर्च कटौतिका लागि उक्त अभियान सञ्चालन गरिएको हो।

शुक्रबार प्रतिष्ठान र केन्द्रले विज्ञप्ति जारी गर्दै बाथ मुटु रोगको रोकथाम गरि यसबाट उत्पन्न स्वास्थ्य समस्यालाई १० वर्ष भित्र ५०५ ले घटाउने उद्देश्य लिई बाथ तथा मुटुरोग निवारण गर्न नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र पुरुष ढकाल र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नेपालमा उपचार गर्नु पर्ने अवस्थामा १ लाख भन्दा बढी बाथ मुटु रोगीहरु भएको अनुमान गरिएको छ । बाथ मुटु रोग विज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार नेपालमा प्रति १० हजार बालबालिकामा १०० जनालाई बाथ मुटु रोग लाग्ने गरेको छ ।



Leave a Reply

Your email address will not be published.