प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो, एकैदिन थपिए २०४ जना

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८ सय नाघेको छ। शुक्रबार एकैदिन २०४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ८०६ पुगेको हो।
शुक्रबार रौतहटमा एकैपटक ८६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका सबैजना रौतहटको परोहास्थित क्वारेन्टाइनका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी सर्लाहीको ५७ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको विष्णुपुर गाउँपालिका, हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका, बसबरिया नगरपालिका, पर्सा गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका र कोडेना गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका र मिथिला विहारी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र महादेवा गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १८ जनमा संक्रमण पुष्टि भएको छ।

सिरहामा ११ जनामा संक्रमण पुष्टि भएको छ। सिरहा नगरपालिका, गोलबजार नगरपालिका र कर्जनहा नगरपालिकाको क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

शुक्रबार सबैभन्दा कम बारामा एकजनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित थपिएसँगै सप्तरीमा १२९, सिरहामा ७३, धनुषामा १५९, महोत्तरीमा १८७, सर्लाहीमा ४७१, रौतहटमा ५८०, बारामा ८५ र पर्सामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ। प्रदेश २ मा स्वाब संकलन भएकामध्ये १४ हजार ९१८ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय