एकै दिन ४४८ जनामा कोरोना, संक्रमित संख्या पुग्याे ५ हजार ६२

कोरोना आशंका पिसिआर मार्फत परीक्षण गर्दा शुक्रबार थप ४४८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ४४८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

शुक्रबार संक्रमित देखिएको मध्ये ४२४ पुरुष र २४ महिला रहेको मन्त्रालयले जनाएको छ। पहिलो पटक यति ठुलो संख्या संक्रमित फेला परेको हुन्।

यो सँगै नेपालमा संक्रमित हुने संख्या ५ हजार ६२ जना पुगेका छन्। जसमध्ये ४ हजार ७ सय ९पुरुष र ३ सय ५३ महिला रहेका छन । शुक्रबार १६ निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

हालसम्म ८सय ७७ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। जसमध्ये ७८६ पुरुष र ९१ जना महिला रहेका निको भएर घर फकिएका छन्।

हालसम्म कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। ७२ जिल्लाका मानिस कोरोना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय