ह्याम्सको भेन्टिलेटरमा उपचाररत संक्रमितले जिते कोरोना

हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) ले कोरोना भाइरसका बिरामीको सफल उपचार गरेको छ।

ह्याम्सले शुक्रबार विज्ञप्ति जारी कास्किका ६० वर्षीया पूरुष जेठ २० गते उपचारका लागि अस्पताल आएकोमा उनलाई भेन्टिलेटरमा राखेर सफल उपचार गरी जेठ ३० गते घर फर्काएको बताएको हो।

कास्कि जिल्लाका ६० वर्षीय पूरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरी गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए। ‘नेपालमा पहिलो पटक संक्रमितलाई भेन्टिलेटरमा राखेर सफल उपचार गरी जेठ ३० गते डिस्चार्ज गरी घर पठाएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमितको उपचार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डभित्र रहेर गरेको भन्दै अस्पतालले कोरोनाको महामारमिा निरन्तर सेवा दिने जानकारी दिएको छ।

संक्रमितको उपचार सफल भएको भन्दै उपचारमा खटिने चिकित्सक, नर्स प्यारामेडिक्सका साथै यवस्थापन समिति र अस्पतालको विश्वास गरी उपचार गराउन मञ्जुरी दिएका विरामी र परिवारलाई अस्पतालले धन्यबाद दिएको छ।

One thought on “ह्याम्सको भेन्टिलेटरमा उपचाररत संक्रमितले जिते कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय