चितवनमा थप आठमा कोरोना संक्रमण

चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको जाँचमा माडीका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पतालका अनुसार १९, २५, २७, २७, ३४, ४५, ४७ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। माडी नगरपालिका दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा बस्ने व्यक्तिमा कोरोना संक्रमण भएको माडी नगरपालिकालले जानकारी दिएको छ।

उनिहरू सबै भारतबाट आएका पुरुष हुन्। त्यहाँबाट कोरोना परीक्षणका लागि ८५ जनाको स्वाब भरतपुर प्रयोगशालामा आएको थियो।

भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ स्वाब परीक्षण गरिएको थियो। जसमध्ये विपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालबाट आएका २९ जनाको रिपोर्ट नेगोटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

यसअघि माडीमा ६ जनामा कोरोना पुष्टि भएको थियो। यससँगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ। त्यसमध्ये एक जनाको मत्यु भएको छ भने, दुई जना निको भएर घर फर्किका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय