कञ्चनपुरमा ५० सैय्याको कोरोना अस्पतालको उद्घाटन

सुदूरपश्चि मप्रदेशस्थित कञ्चनपुरको महेन्द्रनगरमा निर्माण भएको ५० सैय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ।

सुदूरपश्चिम प्रदेश सकारले निर्माण गरेको यो अस्पताल धनगढीपछिको दोश्रो अस्पताल हो। यसअघि प्रदेश सरकारकै लगानीमा धनगढीमा पनि ५० सैय्याको अस्पताल निर्माण गरि सञ्चालनमा आएको थियो।

अस्पताल निर्माण गर्न ९२ लाख ५४ हजार लागत लागेको छ। विपिन विल्र्डसले निर्माण कम्पनिले जेठ ७ गते भित्रै सम्पन्न गर्ने गरी अस्पताल निर्माणको जिम्मा पाएको थियो00। अस्पताललाई महाकाली अस्पतालले सञ्चालन गर्ने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीलाई नवनिर्मित भवनमा राख्ने अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले बताए। हाल कञ्चनपुरमा ३३ जना कोरोना संक्रमित देखापरेपनि केही विरामीलाई भने धनगढीमा राखेर उपचार गरिँदै आएको छ।

अस्पताल उद्धघाटनपछि अस्पतालका मेसु डाक्टर श्रेष्ठले महाकाली अस्पतालमा पिसिआर मेसिन जडानका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए। उनले पीसीआर विधिबाट परीक्षण गर्न अपरिहार्य रहेको बताउँदै यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराइदिन प्रदेश मसरसँग आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय