कान्ति अस्पतालको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने
कान्ति बाल अस्पतालबाट ओपिडी सेवा लिन अब अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने भएको छ।
अस्पतालले कान्ति गुगल प्ले स्टोरमा गएर चिल्ड्रेन्स हस्पिटल नामक एप डाउनलोड गरी यो सेवा लिन सकिने जनाएको छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उक्त सेवाको उद्घाटन गरे।
यो सेवा लिनका लागि ओपिडी टिकट शुल्क ५० र त्यसका अतिरिक्त अनलाइन दर्ता वाफतको शुल्क ३० लाग्ने छ। यो अतिरिक्त शुल्क भने वर्षमा एक पटक मात्र तिर्नुपर्ने अस्पतालले जनाएको छ।
ओपिडी दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चालु रहने बताइएकोछ।