सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु, दुई घाइते

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ३० गते १२:५७

भारतीय नागरिकले हतियार खोसेपछज्ञि सर्लाहीको नेपाल-भारत सिमानामा सशस्त्र प्रहरीले गोली चलाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

पर्सा गाउँपालिका-३ नारायणपुरमा भारतीय नागरिकहरू जबरजस्ती नेपाल छिरेर सशस्त्र प्रहरीको हतियार नै खोसेपछि गोली चलाइएको श्रेष्ठले बताए।
गोली लागेर दुई भारतीय घाइते भएका छन्। यस्तै, सशस्त्र प्रहरीका तीन जना घाइते छन्।

उनीहरूको मलंगवा अस्पतालमा उपचार भइरहेको छ।

श्रेष्ठका अनुसार सुरूमा २५ जनाको संख्यामा भारतीयहरू नेपाल छिर्न खोजेका थिए। उनीहरूले सशस्त्र प्रहरीको एक थान हतियार खोसे।

‘त्यसपछि प्रहरीले हतियार फिर्ता ल्याउन १० राउन्ड हवाई फायर गर्‍यो, तर उनीहरू ताली बजाएर नाच्न थाले,’ श्रेष्ठले भने।

हतियार फिर्ता नदिने र नेपाल किन रोकेको भन्दै थप डेढ सय मान्छे भेला भएपछि तनाव बढेको थियो। तनाव बढेपछि सशस्त्रले थप गोली चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय