संक्रमण जितेकी दिव्या भन्छिन्, ‘कोरोना जित्नेहरूको खबरले मनोबल बढायो’

लमही निवासी २० वर्षीया दिव्या शाही अहिले होम क्वारेन्टाइनमा रहेकी छन्। कोरोना भाइरसको संक्रमण देखिएको १४ दिनपछि बुधबार कोरोना विशेष अस्पताल बेलझुन्डीबाट उनी घर फर्किएकी हुन्।

कोरोना भाइरसलाई जितेर घर फर्किंदा पनि घरपरिवार तथा आफन्तसँगै बसेर कुराकानी गर्न नपाउँदा दुःखी छिन्। उनी भन्छिन्, ‘कोरोना संक्रमित भएर अस्पताल भर्ना भएपछि पहिलो रिपोर्ट नेगेटिभ आएपछि म निकै खुसी भएँ, त्यो खुसी मैले घरमा फोन गरेर आमाबुवासँग साटें।’

गत माघ महिनामा दार्जिलिङ पुगेकी उनी कोरोना संक्रमणका कारण कम्पनी बन्द भएपछि करिब तीन साता पहिले घर फर्किएकी थिइन्। रोजगारीको सिलसिलामा दार्जिलिङबाट फर्किएर लमहीको क्वारेन्टाइनमा बस्दा जेठ १४ गते उनमा कोरोनाको संक्रमण देखिएको थियो।

कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आउला र घरमा गएर बसुँला भन्ने बेला रिपोर्ट पोजेटिभ आएर कोरोना अस्पताल बेलझुन्डी पुग्दा केही दिन त आँसुमा बिताएँ। ‘बेलझुन्डीस्थीत अस्पताल पुग्दा आफ्नो भन्ने चिनेका थिएनन्, त्यहाँ बिरामी सबै पुरुषमात्र थिए,’ उनले भनिन्, ‘२–३ दिन त कुरा गर्न समेत कोही थिएनन्, त्यो बेला एक्लै बसेर रुन मन लाग्थ्यो।’

दार्जिलिङबाट एउटै गाडीमा ३० जना फर्किए पनि उनलाई मात्र कोरोनाको संक्रमण देखिएको थियो। ‘क्वारेन्टाइनमा बसे पनि मेरो स्वास्थ्यमा कुनै समस्या थिएन, तर पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्, ‘रिपोर्ट पोजेटिभ आउँदा म निकै निरास भएको थिएँ, तर आमाबुवा र साथीहरू सबैको हौसलाले सम्हालिएँ।’ त्यसपछि आफूसँगै फर्किका भालुवाङदेखि घोराही हुँदै तुलसीपुरसम्मका साथीलाई फोन गरें। तर उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको रहेछ।’

उनीहरूले मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि मलाई नआत्तिन सुझाए। हौसला बढाए। मलाई संक्रमण देखिएको पत्ता लागेपछि मलाई सोही दिन लमहीबाट एम्बुलेन्समा कोरोना विशेष अस्पताल बेलझुन्डी लगियो। त्यहाँ मैले चिनेका कोही थिएनन्।

कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आउला र घरमा गएर बसुँला भन्ने बेला रिपोर्ट पोजेटिभ आएर कोरोना अस्पताल बेलझुन्डी पुग्दा केही दिन त आँसुमा बिताएँ। ‘बेलझुन्डीस्थीत अस्पताल पुग्दा आफ्नो भन्ने चिनेका थिएनन्, त्यहाँ बिरामी सबै पुरुषमात्र थिए,’ उनले भनिन्, ‘२–३ दिन त कुरा गर्न समेत कोही थिएनन्, त्यो बेला एक्लै बसेर रुन मन लाग्थ्यो।’

उनले भनिन्, ‘अस्पतालमा डाक्टर र नर्सहरूले औषधीसँगै मनोबल बढाउने काम गरेपछि मलाई साँच्चिकै केही भएको छैन भन्ने लाग्थ्यो। म गएको तीन दिनपछि रुकुमकी एकजना महिला आएपछि म एक्लै महिला होइन रहेछ, अरुलाई पनि लाग्ने रहेछ भन्ने लाग्यो। टाढैबाट भए पनि अस्पतालमा एकजना महिला साथी थपिँदा मलाई खुसी लाग्यो।’

‘मेरो साथी भन्ने नै मोबाइल थियो। फेसबुक खोल्थे। फेसबुकमा कोरोना संक्रमित थपिए भन्ने समाचारसँगै कोरोना जितेर फर्किएका खबर आउँथ्यो। त्यो समाचार पढ्दा मलाई पनि कोरोना जितेर फर्कन्छु भन्ने आँट बढेर आउँथ्यो। त्यसैमा अस्पतालका डाक्टर, नर्ससँगै घरबाट आमाबुवाको हौसलाले आत्मबल बढाउने काम गर्‍यो।’

उनले थपिन्, ‘अस्पतालमा डाक्टर र नर्सहरूले औषधीसँगै मनोबल बढाउने काम गरेपछि मलाई साँच्चिकै केही भएको छैन भन्ने लाग्थ्यो। म गएको तीन दिनपछि रुकुमकी एकजना महिला आएपछि म एक्लै महिला होइन रहेछ, अरुलाई पनि लाग्ने रहेछ भन्ने लाग्यो। टाढैबाट भए पनि अस्पतालमा एकजना महिला साथी थपिँदा मलाई खुसी लाग्यो।’

अस्पतालमा उपचारसँगै डाक्टर र नर्सहरूले काउन्सिलिङको काम गर्नुहुन्थ्यो। त्यसले मेरो आत्मबल बढाउने काम गरेको थियो। त्यसरी नै अस्पतालका दिनहरू बित्दै गए। अस्पतालले आठौं दिनमा मेरो रिपोर्ट नेगेटिभ आएको खबर सुनाउँदा म धेरै खुसी भएको थिएँ। ‘कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको आठौं दिनमा पहिलो रिपोर्ट नेगेटिभ आएको मलाई डाक्टरहरूले सुनाउनुभयो, त्यो मेरा लागि निकै खुसीको क्षण थियो,’ दिव्याले भनिन्, ‘रिपोर्ट पोजेटिभ आएको डाक्टरले सुनाएपछि मैले घरमा बुवाआमालाई फोन गरेर खुसी साटें। बुवाआमा पनि खुसी हुनुभयो।’

त्यसपछि उनको बेड परिवर्तन गरियो। दोस्रो र तेस्रो पटकसम्म कोरोना भाइरस भए नभएको परीक्षण गर्ने काम गरिएको थियो। तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि उनी बुधबार अस्पतालबाट निस्केकी हुन्।

अस्पतालबाट निस्किँदै गर्दा कति बेला घरमा पुगेर आमाबुवालाई अंगालो हालेर आत्मीयता साट्नु झै लागेको थियो उनलाई। तर अस्पतालले घरमा करिब १५ दिन कोहीसँग नजिक नहुन आग्रह गरेको सम्झिइन्। त्यसैले अहिले उनी होम क्वारेन्टाइनमा बसेको छिन्। ‘घरमा भए पनि बुवाआमा र बहिनीसित सँगै बसेर खाना खान पाएकी छैन। एक्लै रुममा बस्ने गरेको छु। साथीसँग भेट पाएकी छैन। कहिलेकाहीं निकै खल्लो लाग्ने गर्छ,’ उनले सुनाइन्, ‘अब छिट्टै त्यो दिन आउँछ भनेर प्रतीक्षामै बसेको छु।’

उनी जस्तै दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीबाट बिहीबारसम्म ४० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय