सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने, प्रतिशत यकिन हुन बाँकी

 

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाम समलग्न सबै स्वास्थ्यकर्मीले जोखिमभत्ता पाउने भएका छन्।

गत चैत ९ गते जारी गरेको निर्देशिले सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको भन्दै सरकारले निर्देशिका नै परिवर्तन गरेर स्वास्थ्यकर्मीका लागि यस्तो व्यवस्था ल्याउन खोजेको हो।

सरकारले जारि गरेको निर्देशिकाबाट २९ हजार स्वास्थकर्मीले सुविधा नपाउने अवस्था आएपछि निर्देशिका परिवर्तनको तयारी थालिएको हो।

जारी निर्देशिका सबै स्वास्थ्यकर्मीलाई समेट्ने खालको नभएकाले परिमार्जनको तयारीमा रहेको स्वास्थ्य मन्त्रालयका सह–सचिव रधुराम विष्टले जानकारी दिए।

‘कामको आधारमा सुविधा दिने भनेर निर्देशिका परिमार्जनमा जुटेका छौ’, उनले भने, ‘थप मन्त्रिपरिषद्को निर्णयबाट नै हुन्छ।’

सरकारले प्रत्यक्ष कोभिड नियन्त्रण तथा रोकथाममा खटिनेलाई मात्रै जोखिमका आधारमा ५० देखि सतप्रतिशत भत्ता दिने गरी मन्त्रिपरिषदबाट निर्देशिका जारी गरेको थियो।

जारी भएको निर्देशिकामा एक सय प्रतिशतसम्म जोखिम भत्ता दिन व्यवस्था भएपनि नयाँ बन्ने कार्यविधिमा जोखिमभत्ताको विषय छलफलको चरणमा रहेको मन्त्रालयले जनाएको छ।

निर्देशकाले सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको भन्दै नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल हेल्थ असिस्टेन्ट संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विरोध जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय