तीनै तहका सरकारविरुद्ध सडकमा उर्लिए जनकपुरका युवा (फोटो फिचर)

कोरोना जस्तो महामामारीमा समेत संघीय, प्रदेश र स्थानीय तह भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनकपुरका युवाहरू सडकमा उतरेका छन्। कोरोना नियन्त्रण र रोकथामको नाउँमा तीनै तहका सरकार भ्रष्टाचारमा डुबेको भन्दै उनीहरू सरकारविरुद्ध सडकमा उतरेर विरोध प्रदर्शन गरेका हुन्।

सयौंको संख्यामा जम्मा भएका युवाहरू सरकारविरुद्ध प्रदर्शन गर्दै कोरोनाको नाममा भएको खर्च सार्वजनिक माग गरेका छन्। ‘हाम्रो सरकार कता, माफियालाई थाहा छ, जनता भोकभोकै सरकार करको खोजीमा, कमिसनखोरी बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

खान नपाएर नेपाली नागरिक नाकामै मर्नु परिरहेपनि सरकारका मन्त्री र नेताहरू विलासिता, भ्रष्टाचार र कमिसनमा व्यस्त रहेकोले सरकारलाई खबरदारी गर्न आफूहरू प्रदर्शनमा उतरेको तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साहले बताए।

यता महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली कांग्रेसले तीनै तहका सरकारविरुद्ध प्रदर्शन गरेको छ। ८० दिनको लकडाउना समेत तीनवटै सरकार मिलेर क्वारेन्टिन व्यस्थापन, आइसोलेसन निर्माणजस्ता आवश्यक गर्न नसकेको भन्दै कांग्रेस नेता बजरंग नेपालीको नेतृत्वमा स्थानीय युवा, व्यवसायीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय