भारतमा कोरोना संक्रमितको संख्याले इटाली, स्पेन र बेलायतलाई नै उछिन्यो
भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। भारतले भाइरसको संक्रमणदरमा इटाली,स्पेन र बेलायतलाई समेतपछि पारेको छ।
बुधबारसम्म संक्रमित संख्याको आधारमा छौठौं स्थानमा रहेको भारत शुक्रबार चौथो स्थानमा उक्लिएको छ।
भारतमा बितेको २४ घण्टामा मात्रै भाइरसको संक्रमणबाट ३ सय ९६ जनाको मृत्यु भएको छ भने करिब ११ हजार नयाँ संक्रमित थपिएका छन्।
भारतटमा एकदिनमा १० हजार ९ सय ५६ जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ। जुन संक्रमणदर अहिलेसम्मकै बढी हो। यो संगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय १ पुगेको छ भने २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन्।
भारतमा देखिएका संक्रमितमध्ये् १ लाख ४६ हजार ९ सय ७२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दाबढी प्रभावित महाराष्ट्र भएको छ। मभहाराष्ट्रमा भाइरसका कारण ३ हजार ५ सय ९० जनाको ज्यान गएको छ भने ९७ हजार ६ सय ८४ जनामा संक्रमण रहेको पुष्टि भएको छ। भारतको एकै प्रान्त महाराष्ट्रले संक्रमित संख्यामा चीनलाई पछि पारेको छ।
महाराष्टपछि राजधानी दिल्लीमा पनि भाइरस संक्रमणको दर तिव्र रुपमा बढिरहेको छ। कोरोनाका कारण दिल्लीमा १ हजार ८५ जनाको मृत्यु भएको छ भने ३४ हजार ६ सय ८७ जनामा संक्रमिण रहेको छ।
कोरोनाका कारण विश्वभर ४ लाख २३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ भने ७५ लाख ९७ हजार ३ सय ४७ जना संक्रमित छन्। संक्रमितमध्ये ३८ लाख ४१ हजार ५ सय ३९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकाहरुमध्ये ५३ हजार ९ सय ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।