प्रदेश दुई सरकार असफल भएको भन्दै प्रदर्शन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रदेश दुई सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन भएको छ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन कारीले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले युवाहरू हेमन्त तामांग र रामकिशोर सिंह परागलाई नियन्त्रणमा लिएको थियो। यद्धपी प्रहरीले उनीहरूलाई केहि बेरमा नै रिहा गरेको थियो।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले वीरगन्जमा पिसिआर मेशिन जडान गर्न नसकेर जनताको स्वास्थ्यसँग खेलवाड गरेको वीरगन्जका युवाहरू विरोधमा उत्रिएका थिए।

आदर्शनगर चोकमा भेला भएर सामाजिक दूरि कायम गर्दै युवाहरूले प्रदर्शन गरेका थिए। आत्महत्या दर हेर सरकार, सरकार १० अर्ब खै?, प्रहरी हाम्रो साथी हो साथीलाइ कुट्न पाइदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित युवाहरू प्रदर्शनमा उत्रिएका थिए।

आदर्शनगर चोकदेखि महाबिरस्थान चोकसम्म भेला भएका युवाहरूले सरकारविरूद्ध नाराबाजी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय