अर्घाखाँचीमा निधन भएका एक जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको क्वारेन्टाइन बसेर उपचारका लागि बुटबल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

मालारानी गाउँपालिका-४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका पिसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले जानकारी दिइन्।

लुम्विनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि ज्वरो कम भएकाले उनलाई अस्पतालले घरमा गएर घर आराम गर्न सल्लाह दिएको थियो। घर फर्किदै गर्दा उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो।

पहिले लिइएको स्वाब रिपोर्टमा गडबडी देखिएपछि उनको दोश्रो पटक स्वाब लिइएको थियो। योसँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय