बुटवलमा घरमै पुगेर सुत्केरीलाई प्रदान गरियो पोषण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २९ गते १८:५५

बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ।

लकडाउनमा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो। बुटवलले आव २०७५/७६ देखि नै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो।

महामरीका विरुद्ध अभियानसंगै अहिले बुटवलले स्वास्थ्य सुरक्षाप्रवन्धसहित भौतिक दुरी कायम गरेर नगरका अति विपन्न समुदायका सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी गुमादेवी आचार्यले जानकारी दिनइन। लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक सुत्केरीहरूको घरमै पुगेर सेवा दिइएको छ।

उनीहरूलाई क्याल्सियम आइरन, दशमुलारिष्ट आयुर्वेदिक औषधी, ध्यू, मेथी, ज्वानो, चामल लगायतका पौष्टिक आहारहरू उपलब्ध गराईएको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य चेकजाँच र परामर्श समेत दिइएको उपप्रमुख आचार्यले बताइन।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु-याउन बुटवलले उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो। गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श समेत दिइएको छ।

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरूमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा छन्। यस्ता सेवा सञ्चालन भएदेखि नै बुटवलमा सरकारी स्तरका स्वास्थ्य संस्थामा सेवाग्राहीको आकर्षण बढेको थियो। नगरका स्वास्थ्य संस्थाहरूबाट ४० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क सुगरको जाँच भइरहेको छ।

यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो। यसअन्र्तगत करिब चार हजार जनाले यो सेवा लिइसकेको उपमहानगरको तथ्यांकमा छ।

महामारीका बेलामा जनस्वास्थ्यको हटलाइन सेवासंगै सबै वडाहरूलाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन्। मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशिल भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय