निसर्ग हस्पिटलले गर्यो कर्मचारीको कोरोना बीमा
सुदूरपश्चिमकै अत्याधुनिक सुबिधा सम्पन्न निसर्ग हस्पिटलेले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना बीमा गरेको छ।
अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनिमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए।
कोरोना भाइरसको विश्वव्यापी महामारी र उच्च जोखिममा रहेर स्वास्थ्यकर्मीहरूले काम गर्नु परिरहेको भन्दै अस्पतालले कर्मचारीको बीमा गरिदिएको हो।
एस विषयमा हस्पिटलका अध्यक्ष पन्त र इन्स्योरेन्स कम्पनिका शाखा प्रमुख बिजेश राज भण्डारीबिच सम्झौता भएको छ।