सुदूरपश्चिममा ४ दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। आज थपिएका २७ संक्रमितसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।

सेती प्रादेशिक अस्पतालको तथ्याङ्क अनुसार आज कैलालीको गौरिगंगामा ६, धनगढीमा १, बाजुराको त्रिवेणी नगरपालिकामा १, बढीगंगा नगरपालिकामा १७, बझाङको थलारा गाउँपालिकामा १ र बझाङकै वित्थडचिर गाउँपालिकामा १ जना गरी जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गौरिगंगा नगरपालिकाका ३२, २०, २९, २४, २३ र २४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी धनगढी उप–महानगरपालिकाका ३० वर्षे पुरुष, बाजुराको त्रिवेणी नगरपालिकाका ५० वर्षे पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी बाजुराकै बुढीगंगा नगरपालिकाका २१, ३, २६, १८, ४५, ३६, ४० र २२ वर्षका महिला तथा ५२, ५१, २५, ४२, १४, ४ दिने नवजात शिशु, ३०, ५० र २५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

बझाङको थलारा गाउँपालिकाका ३४ र वित्थडचिर गाउँपालिकाका ३० वबर्षे पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। संक्रमण हुनेमा ८ जना महिला र १९ जना पुरुष रहेका छन्।

४ दिनको नवजात शिशुमा कोरोना पुष्टि

बाजुरमा ४ दिनको नवजात शिशुमा कोरोना संक्रमण पुष्टी भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बाजुरको बुढीगंगा नगरपालिकाका ४ दिने नवजात शिशुमा कोरोना पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय