नेपालमा ४ हजार ६१४ जनामा संक्रमण, ८६१ डिस्चार्ज

कोरोना आशंका पिसिआर मार्फत परीक्षण गर्दा बिहिबार थप २५० जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा.जागेश्वर गौतमले थप २५० जनामा कोरोना संक्रमण देखिएको बताए ।

यो सँगै नेपालमा संक्रमित हुने संख्या ४ हजार ६ सय १४ जना पुगेका छन्। जसमध्ये ४ हजार २ सय ८५ पुरुष र ३ सय २९ महिला रहेका छन् । बिहिबार १ सय ८७ जना निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । पहिलो पटक यति ठुलो संख्या डिस्चार्ज भएका हुन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको छ ।

हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। ७२ जिल्लाका मानिस कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय